
काठमाडौंको नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको प्रहरीले उद्दार गरेको छ।
उक्त कार्यमा संलग्न एक महिलालाई प्रहरीले मिति २०८० मंसीर १४ गतेका दिन नयाँ बसपार्कबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट ०५(पाँच) दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको । प्रहरीले बताएको छ।