बुधबार, भदौ २५, २०८२ | Wednesday 10th September 2025
प्रगतिशील पत्रकार संघ नेपालले मनायो सत्रौँ स्थापना दिवस
झिमरुक पोस्ट
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देश झन् गम्भीर मोडतर्फ जाने सम्भावना रहेको बताउनुभएको छ ।
२०८० मङ्सिर २२ गते शुक्रबार आयोजित प्रगतिशील पत्रकार सङ्घ नेपालको सत्रौँ स्थापना दिवसमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै उहाँले देशमा जनताले परिवर्तन चाहेको र त्यस क्रममा प्रतिगामी शक्तिलाई विकल्पमा देख्ने समस्या उत्पन्न भएको बताउनुभयो ।
‘जनता वर्तमान व्यवस्थाप्रति सन्तुष्ट छैनन् तर त्यसको विकल्प कसलाई देखिरहेका छन् ?’ महासचिव भट्टले भन्नुभयो– ‘त्यसको विकल्पमा जसले देशलाई अधोगतितिर पुर्यायो वा जसले नागरिकता नभएकाले उपप्रधान तथा गृहमन्त्रीबाट बर्खास्ती झेल्नुपर्यो, त्यस्तालाई जनताले विकल्प देखेको जस्तो देखिन्छ ।’
उहाँले जनताको यस खालको मनोवृत्तिलाई प्रतिगामी तत्त्वहरूले उपयोग गर्न खोज्दा देश झन् गम्भीर मोडतर्फ जान थालेको बताउनुभयो ।
‘अर्कोतिर, भारतको भर्खरैको चुनावले नराम्रो सङ्केत देखाएको छ’ उहाँले भन्नुभयो– ‘यदि आगामी सन् २०२४ सालको चुनावमा मोदी नै सत्तामा आए भने नेपालमा राजावादीको मनोबल बढेर जाने छ । त्यसले गर्दा गणतन्त्र र धर्मनिरपेक्षताका सामु झन् खतरा उत्पन्न हुने छ ।’
उहाँले जनआन्दोलनको बलमा कायम भएको लोकतन्त्र र धर्मनिरपेक्षता संस्थागत हुन नसकेकाले प्रतिगामी शक्तिहरू हाबी हुँदै गइरहेको बताउनुभयो ।
हिजो पनि हत्या, हिंसा, बेथिति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हत्या, हिंसा, बेथिति हिजो पनि हुन्थ्यो तर हिजो र आजमा फरक यत्ति छ, हिजो हामी बोल्न पाउँदैनथ्यो, आज बोल्न पाउँदैनौँ ।’
‘हिजोको अवस्था भए बालकृष्ण, टोपबहादुरहरूलाई सजाय हुँदैनथ्यो बरु भ्रष्टाचारको विरोध गर्नेलाई नै सजाय हुन्थ्यो’ महासचिव भट्टले थप प्रष्ट्याउनुभयो ।
उहाँले गणतन्त्रले जनताका समस्या समाधान गर्न नसक्ने कुरा प्रष्ट भए पनि राजतन्त्रतर्फ फर्किन नहुने, त्यसो गर्नु इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउनु हुने दाबी गर्नुभयो ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन
कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभयो ।
‘अहिलेको गणतान्त्रिक सरकारले ठिक ढङ्गले काम गर्न नसकेको सत्य हो’ उहाँले भन्नुभयो– ‘तर त्यसको अर्थ गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दछ भनने हुँदै होइन ।’
राजावादीहरू गणतन्त्र र धर्मनिरपेक्षतालाई उल्ट्याउन प्रयासरत रहेको प्रसङ्ग जोड्दै उहाँले प्रगतिशील पत्रकार सङ्घका पत्रकारसित गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
‘जसरी हाम्रो पार्टीले अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ, त्यसैगरी तपाईं पत्रकारहरूले पनि अप्ठ्यारो समस्याको सामना गरिरहनुभएको छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि अर्को अग्रगामी व्यवस्थाको आधार तयार नहुँदासम्म वर्तमान गणतन्त्रलाई बचाउने पक्षमा पत्रकार मित्रहरूले कलम चलाउनुपर्दछ ।’
अरू पत्रकार सङ्गठनभन्दा यो सङ्गठन फरक प्रकारको चरित्र र नैतिकतायुक्त भएको बताउँदै उहाँले पुनरुत्थानवादीले फैलाएका सबै खालका भ्रमका विरुद्ध आवाज उठाउन प्रगतिशीलका पत्रकार साथीहरूसित अनुरोध गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले साम्राज्यवादले जनपक्षीय पत्रकारका सामुसमेत गम्भीर चुनौती खडा गरेको बताउँदै त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले साम्राज्यवादले विश्वव्यापी रूपमा फैलाएका शोषण, दमनका विरुद्ध जनपक्षीय प्रगतिशील पत्रकारले योजनाबद्ध र व्यवस्थित रूपमा आवाज उठाउन सुझाव पनि दिनुभयो ।
सो अवसरमा प्रगतिशीलका संस्थापक सदस्य जगदीश ढकालले सङ्क्षिप्तमा स्थापनाकालको अनुभूति सुनाउनुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानमा अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका र युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुनप्रसाद उपाध्यायको पनि आतिथ्य रहेको थियो ।
अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमका सहभागीलाई कोषाध्यक्ष प्रज्ज्वल पहाडीले स्वागत गर्नुभएको थियो ।