
बुटवल । अखिल नेपाल क्रान्तिकारी औधाेगिक मजदुर संघ अन्तरगतको ईकाई कमिटी काेहिनुर मेटल उधाेग रूपन्देहीको दाेस्राे ईकाई भेला सम्पन्न भएको छ।भेलाले हरिराम चाैधरिकाे अध्यक्षतामा ११ सदस्यीय ईकाई कमिटी निर्माण गरेको छ ।
भेलालाई सम्बाेधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनसयन महासंघका केन्द्रीय अध्यक्ष श्याम सीले जबसम्म वर्ग संघर्षमा भाग लिन सकिदैन तबसम्म आफ्नाे समस्या बुझ्न नसकिने बताए । मजदुरको नशा – नशा पत्ता लगाएर जबसम्म मजुुदर भित्रका भित्री कराहरू पत्ता लगाउन सक्दैनाैं तबसम्म केहि गर्न नसकिने भन्दै मजदुरमा भित्रिहरु पत्ता लगाएर आम मजदुरका समस्यालाई समाधान गर्नुपर्ने बताए । उनले अहिलेको नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाका कारण मजदुरको अधिकार सुनिस्चित नभएको र वैज्ञानिक समाजबादी व्यवस्थाबाट अधिकार प्राप्त हुने बताउदै अधिकार प्राप्तिका लागि बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।
नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीले जनताको जीवन परिवर्तन बिना नेताकाे जिवन परिवर्तन असम्भव रहेको बताए । उनले मजदुरहरूकाे महत्त्वपूर्ण भुमिका रहेकाे भन्दै विगतमा गरिखाने श्रमिकहरुकाे श्रम शाेषण गर्ने शाेषकहरुकाे विरुद्धमा थुप्रै आन्दाेलन गरेको ईतिहास कायम रहेको बताए । उनले समग्र मजदुरहरूकाे पक्षमा नेपाल कम्युनिस्ट निरन्तर लाग्ने प्रतिबद्धता प्रकट गर्दै अहिलेकाे व्यवस्थाबाट जनताका कुनैपनि आवश्यकता पुरा नहुने र वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै संभव हुने भन्दै अहिलेको व्यवस्था परिवर्तनको लागि एकपटक एकजुट हुनुपर्ने बताए । अर्को प्रसंगमा सेक्रेटरी बिरेन्द्रले महासचिव लगायत का नेताहरु काठमाडौं जिल्ला अदालतले जारी गरेकाे प्रकाउ पुर्जी साम्राज्यवादी र दलालहरुकाे निर्देशनमा गरेको बताउँदै तीन बुँदे सहमति विपरित देशलाई द्वन्द्वतिर धकेल्ने उद्देश्यबाट प्रेरित भएकाे बताए उनले उक्त प्रकाउ पुर्जीलाई कुल्चेर जनताको साथ प्रतिरोध गर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य खगेज्देर सी , अखिल नेपाल जनसांस्कृतिक महासंघ पुर्वी लुम्बिनी ब्युराे संयाेजक बिहानी सी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला सचिव प्रेम सी,सिलाइ मजदुर संगठनका जिल्ला अध्यक्ष राजेन्द्र सी लुम्बिनी बिधुत महासंघका उपाध्यक्ष बाेम थापा , लगायतले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रम धनबहादुर साेमैकाे अध्यक्षता लाेक बहादुर झेडिकाे स्वागत मनतब्य र हरिराम चाैधरिकाे सन्चालनमा भएको थियाे ।