
बुटवल ः सिद्धार्थ एग्रीकल्चरल प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि. को आठौ वार्षीक साधारण सभा सम्पन्न भएको छ । संस्थाको परियोजना कार्यालय सियारी–४, धमसर कालिका डिइ, छपिया रुपन्देहीमा सम्पन्न भएको सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को आय व्यय सहितको आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । त्यसै गरी आ.व.२०८०÷०८१ को लागि लेखा परिक्षकको नियुक्ती गर्नुका साथै श्री लंक बहादुर के.सी को अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति समेत सर्वसम्मत चयन गरेको छ । अन्य सञ्चालक सदस्यहरुमा तुलसीराम शर्मा , गंगाालाल सापकोटा, डा.जय बहादुर टण्डन, प्रा. डा. मोहन पन्थि, मिन प्रसाद ढकाल र नरेन्द्र खत्री रहेका छन् ।
सिद्धार्थ एग्रीकल्चरल प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि. ले व्यवसायीकरुपमा भैसी, शुद्ध बोयर बाख्राको नस्ल उत्पादन गर्ने गरी बाख्रा पालन, माछा तथा कुखुरा पालन र बीउ विजन उत्पादन परियोजना सञ्चालन गरीरहेको छ । कम्पनी ले आगामी वर्षका लागि विउ उत्पादन, बहुउपयोगी बाली प्रवर्धन गर्ने जमिनको चक्ला बन्दी गर्ने, उन्नत नस्लका पाडापाडि पालन गर्ने, दुध संकलन र बजारीकरण गर्ने, टनेल प्रविधिको प्रयोग गरी तरकारी खेती गर्ने, फलफुल तथा डाले घाँस कार्यक्रम विस्तार गर्ने लगायतका कार्यक्रम गर्ने गरी सभाबाट परित गरेको छ ।
२०६८ सालबाट कृषिको सामुहीक व्यवसायीकरणलाइ प्राथमिकता दिदै स्थापना भएको कृषक समुह २०७१ देखी विधिवत कम्पनीको रुपमा दर्ता भइ निरन्तर कृषिका बहुआयामिक कार्यक्रम लाई अगाडी बढाएर काम गरिरहेको छ । प्रा.लि. को आठौं वार्षीक साधारण सभाले “कृषि पशुपालन एवं पर्यटन व्यवसायीकरणको पहिचान, समृद्धि स्वावलम्बी आर्थिक विकास हाम्रो अभियान” भन्ने मूल नारा तय गर्दै सम्पन्न साधारण सभाकोे उद्घाटन प्रा.लि. का अध्यक्ष डा. ध्रुव भट्राइले गरेका थिए कार्यक्रमको स्वागत उपाध्यक्ष ढुण्डिराज शर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका सञ्चालक गंगालाल सापकोटाले गरेका थिए ।
सर्वसम्मत रुपमा चयन भएको नयाँ सञ्चालक समितीको तर्फबाट अध्यक्ष लंक बहादुर के.सी.ले कम्पनीको भावी कार्यक्रम प्रति प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।