बुधबार, भदौ २५, २०८२

मल्लरानी गाँउपालिकाले पौष १ गते शोक विदा दिने

जुमान सिंह केसी

प्युठान । मल्लरानी गाउँपालिकाले पौष १गते शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दामोदर परियार(नेपाली)को दुर्घटनामा निधन भएकोले पालिकाले पुस १ गते शोक विदा दिने निणर्य गरेको हो ।

गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने र पालिका तथा वडा कार्यालयहरुमा शोक विदा दिने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । ५२ वर्षीय परियारको जन्ती गएका बेला गाडीको ठक्करबाट ज्यान गएको थियो ।

शुक्रवार परियारको पोस्टमार्टम गरि आजै अन्तेस्टी गरिने भएको छ। परियार राष्ट्रिय जनमोर्चाको तर्फबाट सदस्य निर्वाचित भएका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?