बिहिबार, भदौ १९, २०८२

प्रदेससंरचना तुरुन्तै खारेज गर्नुपर्छ ,चित्र बहादुर केसी

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेस नेपाली जनताहरुको हितमा न रहेको ठकुवा गर्नुभएको छ। रुपन्देहीको बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ दिंदै उक्त कुरा बताउनुभयको हो।
केसीले आफ्नो पाटी राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै नेपालमा संघीयताको बिरोध गरेको बताउदै, प्रदेश नेपालमा आवश्यक न रहेको ,गणतन्त्र र धर्मनितिपक्षता जोगाउनको लागिपनी खर्चिलो प्रदेसहरु खारेज गर्नुपर्ने तर्क केसिले गर्नुभयो।

चित्र बहादुर केसिले देशमा जात र धर्मको नाममा नेपालीहरुलाइ साम्राज्यवादि सक्तिहरुले प्रयोग गरिरहेको बताउदै ,त्यस प्रती नेपाली जनताहरु चनाखो हुनुपर्ने बताउनुभयो, अहिलेका दलहरुले नेपाली जनताहरुको काम न गरेका कारण नेपाली जनताहरुमा राजनीतिक दलहरुप्रती बिश्वास गुमेको बताउदै देश बिगर्नुमा दलहरुमात्र होइन तिनै दलहरुलाइ बारम्बार सत्तामा पुराउने जनताहरुपनी उत्तिकै जिम्मेवार रहेको बताउनुभयो।
देशमा धेरै खामपंथी भएको कारण तत्काल बामपंथी एकता असंभव रहेको केसिको तर्क थियो।

पांच दलिय गठबन्धन संबिधान जोगाउनको लागि गरिएको बताउदैं यो गठबन्धनको सरकारले पनि जनताको काम नगरेको केसिको तर्क थियो।

पांच दलिय गठबन्धन टिक्छ त भन्ने पत्रकारहरुको प्रस्नमा राजनीति ईमानदारता न भएका कारण जेपनी हुनसक्ने केसिको भनाइ थियो। केसिले भारतमा मोदि सरकारले लोकतान्त्रिक ब्यबस्थाको खिल्ली उडाउंदै एकैदिन ९२ जना संसदलाइ बर्खास्त गरेकोमा बिरोध गर्नुभयो।कार्यक्रम रिपोर्ट क्लब अध्यक्ष रामकुमार क्षेत्रीले संचालन भएको थियो।कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसी ,र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष स्यामलाल पोख्रेल लगायत अन्य पत्रकारहरुकोपनी उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?