
जुमान सिंह केसी
पौष ४, प्युठान
गौमुखी गाउँपालिकाकमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाको आयोजना ,स्वास्थ्य कार्यालय प्युठानको समन्वय र काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएका हो।
शिविरबाट ९०२ जना बिरामीले सेवा लिएका छन। शिविरमा जनरल मेडिसिन, मृगौला रोग,शल्यक्रिया सर्जरी ,न्युरो सर्जरी ,ल्याब सेवा ,इ सि जि ,भिडियो एक्सरे,स्त्रीरोग ,मुटु रोग,हाड जोर्नी तथा नशा,मधुमेह नाक कान घाटी, आँखा, बाल रोग ,दन्तरोग लगायतका सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनु भयो।
शिविरमा काठमाडौं मेडिकल कलेजका १३ जना विशेषज्ञ डाक्टरहरुको उपस्थितमा बिरामीहरुको चेकजाँच तथा औसधि वितरण गरिएको छ। शिविरमा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा प्रमुख अतिथि काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका ब्याबसायी तथा प्रतिनिधि सभा सदस्य सुनिल कुमार शर्मा ,लुम्बिनी प्रदेश सभासद निमा गिरि उपाध्यक्ष महाबिर राना लगायतको उपस्थितमा गौमुखी मा बि ठुलाबेशीमा शिविर संचालन गरिएको थियो।
त्यस्तै जटिल प्रकृति भएका ५२ जना बिरामीलाई प्रेशण गर्ने र उक्त बिरामीहरुको निशुल्क शल्यक्रिया तथा उपचार गर्ने काठमाडौं मेडिकल कलेजले प्रतिबद्धता समेत जनाएको छ।