बुधबार, भदौ २५, २०८२

झिमरुक गाँउपालिका वडा नं.५ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

झिमरुक बरिस्ठ संवाददाता ,नारायण जि सि

झिमरुक गाँउपालिका वडा नं.५ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा २४ जना जेष्ठ नागरिक सम्मानित हुनु भएको छ। सम्मानित जेष्ठ नागरिकलाई जाडाेमा बलाङ्केट वितरण गरिएकाे वडा सदस्य वाेधिराम पाेखरेलले वताउनु भयाे।
वडा अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा, झिमरुक गाउँपालिकाअध्यक्ष पित वहादुर महतरा क्षेत्रीको प्रमुख आथित्यता तथा झिमरुक गा.पा.उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आथित्यतामा भएकाे कार्यक्रममा स्वागत भाषण वाेधिराम पाेखरेल र संचालन वडा सचिव भगवता शर्माले गर्नु भएको थियाे। ,निमित प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल महिला बालवालिका जेष्ठ नागरिक शाखा प्रमुख यमलाल पोख्रेल ,वडा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियोे ।

स्मरण रहाेस अघिल्लो झिमरुक सरकारले गरेकाे जेष्ठ नागरिक सम्मान गर्ने कामलाई निरन्तरता दिदैआएकाे छ वडा सचिव शर्माले वताउनु भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?