बुधबार, भदौ २५, २०८२

सिराहामा प्रहरीको गाडीबाट हत्कडी सहित थुनुवा फरार

सिरहा – सिराहामा बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको थुनामा रहेका  ३६ वर्षीय छोटु सदाय मुसहर अदालत लैजाने क्रममा हत्कडी सहित  फरार भएका छन् ।

शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा सदाय इलाका  प्रहरी कार्यालय लहानको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दा हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

फरार सदायको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?