बुधबार, भदौ २५, २०८२

नेकपा पुर्वी लुम्बिनी ब्युरोले मनायो १३१ औं माओदिवस

विनोद खनाल, बुटवल
नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी ब्युरोले मंगलबार बुटवलमा १३१ औं माओदिवसका सन्दर्भमा राजनैतिक तथा बैचारिक प्रशिक्षण एवं संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन एक साथ गरको छ।
कार्यक्रममा पार्टीका स्थाईकमिटी सदस्य अनिल सी, पार्टीका पिबिएम द्वय वसन्त सी र विनोद सी लगायत अतिथिहरुद्वारा माओको फोटोमा माल्यार्पण गरि माओका योगदानहरु बारे चर्चा गरिएको थियो ।
माओका योगदानहरु बारे चर्चा गर्दै स्थाई कमिटी सदस्य अनिल सीले माओले विश्व कम्युनिष्ट क्रान्तीमा छुट्टै र महत्वपुर्ण योगदान गरेको बताए । उनले दर्शन, राजनिती, अर्थशास्त्र, बैज्ञानिक समाजवाद र संगठनका क्षेत्रमा नयाँ ढंगले व्याख्या गर्दै माओले चिनको सापेक्षतामा दिर्घकालिन जनयुद्धको नीति अगाडी सारी चिनीया क्रान्तिलाई सफल नेतृत्व प्रदान गरेको उल्लेख गरे ।
माओले किसान, मजदुर र रास्ट्रीय पुजिपति वर्गको सहभागितामा नयाँ जनवादी अधिनायकत्व स्थापित गर्ने नयाँ संस्लेशण अघि सारेको भन्दै नेता अनिलले नेपालको सन्दर्भमा श्रमिक वर्ग, मध्यमवर्ग र देशभक्तहरुको सहभागितामा एकीकृत जनक्रान्ती अगाडी बढ्ने र तेहि नै माओबाद भएको तर्क समेत पेष गरे।
पुर्वी लुम्बिनी ब्युरो अन्तरगतका छ वटा जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै नेता अनिलले विचार राजनिती र नेतृत्वको हाईट अनुशार संगठन निर्माणमा लाग्न अग्रह गरे। उनले भने – ‘जानिबुझी नेपालको अर्थतन्त्र टाट पल्टाई परनिर्भरता तिर धकिलिंदैछ । मध्यम बर्ग दलाल पुजिपतिको उत्पिडनमा परेको छ । एमसिसि का माध्यमबाट अमेरिकि साम्राज्यबाद लगाएतको बिदेशि हस्तक्षेप भित्रिदैं छ र हाम्रो पार्टी र नेतृत्वलाई धेराबन्दी गरींदैछ तेसै देशभक्त मध्यम बर्गलाई एकाकार गरेर संघर्षमा जान जरुरी छ।’
यस्तै पार्टीका पोलिटब्युरो सदस्य एवं व्युरो ईन्चार्ज वसन्त सीले माओको निरन्तर क्रान्तीको सिद्धान्तलाई पार्टीले आत्मसाथ गरेको बताउँदै दलाल पुवबजिपति वर्ग बाहेकका सवै वर्गलाई समेटेर नेपाली क्रान्तिको उठान गर्न जरुरी रहेको बताए ।
नेपालको प्रतिकृयाबादीसंगै अमेरिकी साम्राज्यबादको योजनामा एमसिसि लागू गराउन पुराना मुद्धा ब्युँताएर पक्राउपुर्जी जारि गरेको भन्दै उनले पार्टीलाई धम्काउने दवावमा राख्ने रणनिति भएको र आत्मसमर्पण गराउने या युद्धमा धकेल्ने प्रयासलाई विवेक र साहसकासाथ सबै मोर्चाबाट प्रतिरोध गर्ने बताए ।
संगठनलाई ब्यबस्थित र सुदृढ संगै प्रतिकृयाबादका हरेक खालका सड्यन्त्रहरुलाई भन्डाफोर र निस्तेज पार्न समेत पार्टी जनअन्तरकृयात्मक कार्यक्रम मार्फत जनसमुदायमा लाग्न अपिल गरे ।
कार्यक्रममा पोलिटब्युरो सदस्य विनोद सी, केन्द्रीय सल्लाहकार जितबहादुर सी, केन्द्रीय सदस्य धिरज सी, अखिल नेपाल शिक्षक संगठनका निबर्तमान अध्यक्ष घनस्याम पाठक लगाएतले माओका योगदानबारे चर्चा गर्दै संगठनात्मक अभियान मार्फत जनताका बिचमा पार्टीको नीति कार्यक्रमलिएर जान अपिल गरेका थिए ।
यसैबिच ब्युरो अन्तर्गतका छ वटै जिल्लाका सेक्रेटेरी हरुलाई कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरेर संगठन बिस्तार तथा सुदृढ अभियानको उद्घाटन गरिएको थियो भने भुकम्प पुनर्निर्माण अभियानमा गएका नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
पिविएम एवं पुर्वी लुम्बिनी ब्युरो ईन्चार्ज कमरेड वसन्त सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज कमरेड सरद सी ले संचालन र स्वागत केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज कमल सी ले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?