बुधबार, भदौ २५, २०८२

प्रहरीको गोली प्रहार बाट बालकुमारीमा एक जनाको मृत्यु

ललितपुर। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ ।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

मृतक पुरुष हुन् । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?