
कास्की । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी धौलागिरि गाउँपालिका–७ ताकम घर भइ पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती ररहेका छन् ।
एसपी मोहनकुमार थापाका अनुसार उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटी कसेर हत्या गरेको आरोप छ । रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरूका दुई जना बच्चा पनि छन् ।
पछिल्लो समय श्रीमान–श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ । यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो ।
अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले तोरी बारीमा लगेर हत्या गरेका प्रहरीले जनाएको छ।
रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए । उनका प्रेमी भने भाग्न सफल भएका थिए ।