मङ्लबार, भदौ २४, २०८२

प्युठानको झिमरुकका विभिन्न ठांउमा एफटिटिएच नेटवर्क बिस्तार हुने

झिमरुक गाउंपालिकाका विभिन्न ठाउँमा एफटिटिएच नेट्वोर्क बिस्तार हुनेभएको छ।, ल्यान्डलाइन फोन तथा मोबाइल टावरको काम अबको केही दिनमा अगाडि बढ्ने भएको हो।

प्युठान झिमरुक तथा झिम्रुक गा पा मच्छिमा एफटिटिएच नेटवर्क को काम  झिमरुकको मच्छी ओखरकोट ,लगायतका ठाउमा बिस्तार हुनेभएको छ । साथै आगमी दिनमा झिमरुक गाउपालिकाका अन्य ठाउँमाहरुमा पनि बिस्तार गरन पहल गरिने भएको छ।

आउँदो केही समयमै सम्पुर्ण प्राबिधिक र सामाग्री सहित प्युठान झिमरुक जाँने तयारी गरिरहेको नेपाल टेलिकम फाइबर प्रोजेक्ट म्यानेजर मिलन श्रेष्ठ एबम मोबाइल टावर प्रोजेक्ट म्यानेजर गोपाल के सी ले जानकारी दिएको झिमरुक पांचका युवा व्यवासायी तथा समाजसेबी प्रदिप जिसिले झिमरुकपोस्टलाइ बतायकाछन।
अवको १ महिना भित्रमा झिमरुकका मच्छी तिल्हाल्ना,ढाड , चुधारा,अर्गेली , चिसाबाङ,गेजबाङ , ओखरकोट लगायत विभिन्न ठाउँम द्रुत गतिको ईन्टरनेट सेवा तथा ल्यान्डलाइन फोनमा सन्चालनमा आउनेकुरापनी प्रदिप जिसिले झिमरुक पोस्टलाइ बताय । नेटवर्क बिस्तार गर्नको लागि आफुहरुले गरेको पहललाइ सूचना तथा संचार मन्त्री रेखा सर्माले निर्देश दिएर काम अगाडि बढाइएको ,जानकारी जिसिले दिय।

नेटवर्क बिस्तार भयमा यस   क्षेत्रका बासिन्दाहरुले दुर्त गतिको ईन्टरनेट सेवा तथा  नेटवर्क प्रयोग गर्न पाउने छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?