बिहिबार, बैशाख १०, २०८३ | Thursday 23rd April 2026
त्रिशूलीमा इन्डियन नम्बर पिलेटको गाडी खस्यो
झिमरुक पोस्ट
मङ्लबार, माघ २, २०८०
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशुली नदीमा गाडी खसेको छ ।
मंगलबार बिहान सवारी साधन त्रिशूली नदीमा खसेको सूचना पाएपछि गोताखोरसहितको टोलीले खोजी सुरु गरेको थियो।
आज बिहान त्रिशूली नदीमा खसको गाडी फेला परेको छ। इन्डियन नम्बर प्लेटको बोलेरो गाडी गोताखोरको टोलीले फेला पारेको हो।
नदीभित्र डुबेको अवस्थामा गाडी फेला परे पनि यात्रुलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। गाडीसँगै यात्रु पनि नदीमा डुबेको आशंका छ।
सुरुमा एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल आर्मीको जनशक्ति खोजी कार्यमा जुटेको थियो।