मङ्लबार, भदौ २४, २०८२

साहित्य परिषद प्यूठानद्वारा ६ जना साहित्य स्रष्टाहरु सम्मानित

माघ ३,प्युठान ।
जुमान सिंह केसी

साहित्य परिषद प्यूठानले आफ्नो २९औ स्थापना दिवसको अवसरमा प्युठानमा जन्मेका साहित्य स्रष्टाहरुलाई सम्मान गरेको छ।
साहित्यिक क्षेत्रको माध्यमबाट विभिन्न विधामा योगदान पूर्याएका प्यूठानका साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा साहित्य कलाको क्षत्रमा उत्कृष्ट योगदान पुर्याउनु भएका ६ जना श्रष्टाहरुलाई सम्मान गरिएको अध्यक्ष बिमला खनालले बताउनु भएको छ ।

भुपेन्द्र स्मृति साहित्य पुरस्कारबाट बाल साहित्यकार बिजय राज आचार्यलाई ,ठईदेवी साहित्य पुरस्कारबाट प्यूठानका पत्रकार सुशील पोखरेललाई ,मीना साहित्य पुरस्कारबाट साहित्यकार सीता वि.क. लाई ,कप्तान नरमिला स्मृति पुरस्कारबाट साहित्यकार राम प्रसाद पोखरेललाई ,भुपेन्द्र स्मृति साहित्य पुरस्कार साहित्यकार एवं बाम बिश्लेशक शशिधर भण्डारीलाई र नवप्रतिभा साहित्य पुरस्कारबाट साहित्यकार लोकेन्द्र जि.सी. लाई सम्मान गरिएको सचीव धुर्व गिरीले बताउनु भयो।

लुम्विनी प्रदेश सभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी. ,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल ,जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि ,पत्रकार एवं साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
जुम्री प्युठानमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कला, साहित्यको क्षत्रबाट समाजमा सकारात्मक योगदान दिन सकिन्छ भन्दै साहित्यको क्षत्रमा ओअनि सबैको चासो हुनु पर्ने बताएका थिए ।

साहित्य परिषद प्युठानका कार्यबाहक अध्यक्ष बिमाला खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव धुर्ब गिरीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?