
प्युठान ,झिमरुक ,नारायण जिसि ,झिमरुपोस्ट वरिष्ठ संवाददाता
नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखाकाे छैठौं अधिवेशन तथा विसाैं वार्षिक साधारणसभा मच्छीमा सम्पन्न भएकाे छ।
अधिवेशनको मैन बालेर उद्घाटन गर्दै झिमरूक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलले झिमरुकलाई रेडक्रसमय बनाउनु पर्ने भन्दैआजीवन सदस्यता लिनु भयाे र अरुलाई पनि आजीवन सदस्य लिन आग्रह गर्नु भएको थियाे।
वार्षिक प्रतिवेदन प्रस्तुत सचिव नारायण बहादुर जि.सी.ले आर्थिक प्र तिवेदन काेषाध्यक्ष चन्द्रा खड्काले प्रस्तुत गर्नु भएको थियाे।
शिव एम सी,ऋषिराम पाेखरेल र बाेम बहादुर पाेखरेलकाे निर्वाचन मण्डल रहेको अधिवेशनले नारायण बहादुर जि.सी.को सभापतित्वमा मा ११ सदस्यीय कार्यसमिति गठन गरेकाे छ।जसकाे महिला उप सभापतिमा चन्द्रा खड्का ,सचिव रामचन्द्र भण्डारी ,उप सचिव पित्रिभक्त रिजाल.,काेषाध्यक्ष जानका पंथी ,उप काेषाध्यक्षमा राधिका रिजाल र सदस्यहरूमा पितम खड्का ,बिष्णु प्रसाद शर्मा . ,भवानी रसाईली.,राम कुमारी भट्टराई र मेनुका घिमिरे रहनु भएको छ।
एक स्थान रिक्त राखिएको छ।
कार्यक्रमकाे अध्यक्षता नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखा सभापति ऋषिराम शर्मा ले,उप सभापति बसन्ता थापाले स्वागत भाषण र नेपाल रेडक्रस साेसाईटी मच्छी उपशाखा सचिव नारायण बहादुर जि.सी.ले कार्यक्रमकाे संचालन गर्नु भएकाे थियाे।
कार्यक्रममा बालशिक्षा मा वि.का प्रध्यानाध्यापक ऋषिराम पाेखरेल पातिखाेरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण रिजाल,उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रका अध्यक्ष वाेधिराम पाेखरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे।
नव निर्वाचित पदाधिकारीलाई नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा प्युठानका सदस्य शिव बहादुर एम .सी.ले सफथ खुलाउने र प्रमाण पत्र वितरण गर्नु भएको थियाे ।
नव निर्वाचित पदाधिकारीकाे तर्फबाट सभापति नारायण बहादुर जि.सी.ले प्रतिबद्वता व्यक्त गर्नु भएको थियाे ।