
शंकर प्रसाद पोख्रेल
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिन स्मृति दिबस मनायको छ।
जुम बाट गरिएको कार्यक्रममा विभिन्न देशका एकता समाजका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रमको प्रमुख अथिती राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि रहनुभएको थियो । केसिले समाजबादि क्रान्तिको भबिस्य उज्जल रहेको बताउनुभयो।
बामपंथी नेता आनन्द सर्मा,नेकपा मसाल बागमती प्रदेशका प्रबक्ता समीर सिंह ,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमन बुढाथोकी मगरले गर्नुभएको थियो। संचालन कोरिया नेपाली एकता समाजका अध्यक्ष बिस्नु पुन र स्वगत भासण कुबेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले गर्नुभएको थियो।