
जुमान सिंह केसी
माघ १०, प्युठान ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको छ। ५९ औं वार्शिक उत्सवको अवसरमा प्युठानको खलंगामा रहेको शाखाले एक कार्यक्रमको आयोजना गरि वार्शिक उत्सव मनाएको छ।
दिवस कार्यक्रममा शाखाले एटीएम सेवाको पनि बिस्तार गरेको छ। मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले एटीएम सेवाको रिवन काटेर उद्घाटन गर्नु भएको छ।
कार्यक्रमममा असल, नियमित कारोबार तथा कर्जा गर्ने तीन जनालाई प्रमाणपत्रले सम्मान गरिएको बैंकका शाखा प्रबन्धक बद्रीनाथ जयसवालले बताउनु भएको छ।
प्रबन्धक बद्रीनाथ जयसवालले जनताको सेवा सहजरूपमा प्रबाह गर्नका लागि एटीएम सेवा बिस्तार गरेका छौँ साथै बैंकबाट हुने सेवालाई थप प्रभावकारी बनाउने उहाँको भनाई छ।
कार्यक्रममा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो।
दिवस कार्यक्रमको संचालन बैंकका दिल बहादुर चौधरीले गर्नु भएको हो।