
नारायण जिसि
झिमरुक ४प्युठान
लक्ष्मी लघुबित्त वित्तीय संस्था मच्छी शाखाले मृतकका परिवारलाई विमा वापतकाे रकम हस्तान्तरण गरेकाे छ ।
प्युठान जिल्ला झिमरुक गाउँ पालिका ४ सुमन्तेकाना केन्द्र नं ३७ मा आवद्व वर्ष ६३ की सदस्य चुमा कुमारी जि.सी.काे मिति २०८०/०६/०२ मा भएको निधन पश्चात् परिवारका सदस्यलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरिएको छ।
संस्थाले जि .सी .काे असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गर्दै मृतक जि .सी.ले संस्थामा आवद्व भई कर्जा लिदा गरिएको कर्जा विमा बापत सदस्यकाे परिवारलाई कर्जा विमा रकम रु दुई लाख र काजक्रिया वापतकाे रकम रु पच्चीस हजार गरि जम्मा रकम दुई लाख पच्चीस हजार प्राप्त भएकोमा संस्थामा तिर्नुपर्ने बाँकी कर्जा रकम चाैरासी हजार सात सय पैतिस रुपैयाँ पन्ध्र पैसा घटाई रु एक लाख चालीस हजार दुई सय चाैसठ्ठी रुपैया पचासी पैसा वरावरकाे चेक झिमरुक गाउँपालिका वडा नं ४ की सदस्य तथा कार्यपालिका सदस्य तुलसा के.सी. मार्फत मृतककाे श्रीमान नर बहादुर जि .सी.लाई चेक हस्तान्तरण गर्नु भएको छ।
साथै कार्यक्रममा लक्ष्मी लघुबित्त बित्तीय संस्था मच्छी शाखाका शाखा प्रवन्धक गणेशराज जाेशीले संस्थाकी सकृय सदस्यकाे असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै संस्थाका सेवा सुविधा तथा बचतकाे वारेमा बताउनु भएको थियाे। उक्त कार्यक्रममा केन्द्र संचालक गणेश बुढा लगायत केन्द्रका सदस्यहरुकाे उपस्थिति थियाे।