
बुटवल, १४ माघ । नेपाल पुस्तक स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशनले रामप्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता काफ्ले घिमिरे, सचिवमा सरोज खनाल, कोषाध्यक्षमा अर्जुन बस्याल चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा थ्रिलाल भट्टराई, पुष्पा भण्डारी, गोकुल पन्थ, बिष्णु प्रसाद ज्ञवाली, भोजराज अधिकारी, विराज पोख्रेल, गोविन्द ज्ञवाली, अमित अर्याल साहाश शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शमाले बताए ।
निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई निर्वाचन अधिकृत हेमानन्द शर्माले संस्थाको विधान अनुशार सपथ ग्रहण गराएका छन् ।
निवर्तमान अध्यक्ष बोधराज शर्माले नवनिर्वाचित अध्यक्ष रामप्रसाद भुसाललाई पदस्थापना गराएका छन् । त्यसैगरी निवर्तमान सचिव राजु भारीले नवनिर्वाचित सचिव सरोज खनाललाई माईन्युट हस्तान्तरण गरेका छन् । कार्यक्रममा पुस्तक तथा सटेशनरी व्यवसायी महासंका केन्द्रीय सदस्य गणपति पाण्डे, महासंघका निवर्तमान जिल्ला अध्यक्ष रामकृष्ण चापागाई , निर्वाचन अधिकृत हेमानन्द शर्मा,
जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा, महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी दिपेन्द्र जिसी, राजु भारीलगायतले बोल्दै व्यवसायीका हकअधिकारसंगै व्यवसायिक कर्तव्य पालना गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रमा नवनिर्वाचित अध्यक्ष राम प्रसाद भुसालले समितिले व्यवसायीका हकहित र सामाजिक दायित्वलाई सिरोधार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रम नवनिर्वाचित सचिव सरोज खनालको संचालन उपाध्यक्ष अस्मिता काफ्लेको स्वागतमा सम्पन्न भएको थियो ।