
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ । जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती गरेका सपूतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरुको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह’ मनाइँदै आएको छ । स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । दिवशको अवशरमा सरकारले यसअघी सार्वजनिक बिदा दिने गरेपनि यो पटक भने सार्वजनिक विदा दिइएको छैन ।