
नारायण जिसि प्युठान झिमरुक,
अखिल नेपाल शिक्षक संघ झिमरुक गाउँपालिका वडा नं.६ को वडा स्तरीय भेला याम बहादुर बिष्टको अध्यक्षतामा,रा.ज.मो. लुम्बिनी प्रदेश सल्लाहकार सदस्य बासुदेव पोख्रेलको प्रमुख आथित्यतामा र अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिव बिर बहादुर जि.सी. को बिशेष उपस्थितिमा आज चिसावाङ्गमा सम्पन्न भएको छ।भेलाले याम बहादुर बिष्टको अध्यतामा १५ सदस्यीय अखिल नेपाल शिक्षक संघ झिमरुक गाउँ पालिका वडा नं.६ स्तरीय कार्य समिति चयन गरेको छ।
जसकाे उपाध्यक्षमा बालाराम भट्टराई , महिला उपाध्यक्ष – टुका रिजाल सचीव शरद कुमार जि.सी, कोषाध्यक्ष – मधु पोख्रेल सदस्यहरुमा यादवराज पोख्रेल, कविता जि.सी नरेन्द्र के.सी.,संझना अधिकारी, बिष्णु कुमारी पोख्रेल, कमल नगरकोटी, मोहनजन कुँवर ,
मिन बहादुर पुन , बसन्ता सुनार र
याचना खनाल रहनु भएको अखिल नेपाल शिक्षक संघ झिमरुक गाउँपालिका उपाध्यक्ष पितम खड्काले बताउनु भएको छ।
भेलामा वर्तमान परिस्थितिमा शिक्षक हकहितको वारेमा र अखिल नेपाल शिक्षक संघकाे भूमिका विषयमा प्रशिक्षण संचालन पनि भएको थियोे ।