
गुल्मीको शान्तीपुर क्षेत्रमा निर्माण कम्पनीले मोटरबाटो बन्द गर्दा बागलुङको बरेङ र जैमिनी दुवै पालिका प्रभावित भएको छ।
जनताको घरदैलो छेउको सरकारको रूपमा स्थापित स्थानीय तहलाई मजबुद बनाउन नेपालको संविधानले परिकल्पना गरेको गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनका विषयमा ७ सय ५३ वटै पालिकाहरु विकासका कामहरु वर्षेनी पालिकाका सभाहरुमा पारित गर्ने र कार्यान्वयन गर्ने गर्दछन् ।
विकास कै क्रममा पूर्वाधार विकासका कामहरु गर्दा एक पालिकाले आफ्नो योजनाहरु विस्तार गर्दै जादाँ छिमेकी पालिकाहरुलाई पनि विकासको काममा सहज वातावरणका साथ योजनाहरु सम्पन्न गर्दै जादाँ पालिका, प्रदेश हुदैं देश विकासमा सफल बन्न सकिने देखिन्छ । यसै योजनाहरुको विस्तारमा बागलुङको बरेङ गाउँपालिका र छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका बिच शुक्रबार विकासका कामहरु दुवै पालिकालाई सहज हुने गरि काम गर्ने विषयमा छलफल गरि कार्यान्वयन गर्ने सहमति भएको छ । तर निर्माण कम्पनीले बाटो विस्तार भन्दै मोटरबाटो बन्द गराएको छ ।
यस क्षेत्रमा बाटो बन्द हुँदा कालीगण्डकी गाउँपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाका नागरिकहरु प्रक्ष्यक्ष प्रभावित भएका छन् । छोटो दुरीबाट पाल्पा, बुटवल औषधी उपचारका लागी जाने बिरामीहरु, नागरिकका लागी अति आवश्यक खाद्यान्न ढुवानी, विकास निर्माण सामाग्रीको ढुवानी लगायत यस क्षेत्रको सेवा सुविधाहरु अवरोध भएको छ । मोटरबाटो निर्माण विस्तार गर्दा एक तर्फि वैकल्पिक बाटोको निकासको पूर्व तयारी नगर्दा नागरिक प्रभावित भएका हुन् । साना यातायातका साधनहरुको लागि वैकल्पिक बाटो भए पनि योजना निर्माण प्रभावित भएको छ । तर गाउंपालिकामा हामिले सम्पर्क गर्दा बैकल्पिक बाटो बनाउने बारे छलफल भौरहेको र एम्बुलेन्स लगायतका सबारी साधनलाई बाटो खुला गरिएको बताए।
शुक्रबार बागलुङको बरेङ गाउँपालिकाको समुह गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर राना, गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर कृष्ण बहादुर थापा, गाउँपालिका लेखा शाखा प्रमुख संगिता शर्मा, गाउँपालिका सब–ईन्जिनियर अनकलाल शर्मा र सब–ईन्जिनियर एलिना दाहाल, योजना शाखा प्रमुख राजन चालिसे साथै गुल्मीको चन्द्रकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, वडा नं. २ का वडा अध्यक्ष कमल के.शी., प्रमुख प्रशासकिय अधिकृत सरोज भुसाल, लेखा अधिकृत बसन्त रिजाल, र अधिकृत छैठौ प्रकाश पन्थी बिच गत वर्ष चन्द्रकोट गाउँपालिकाको शान्तीपुर क्षेत्रमा पूर्वाधार विकासको क्रममा बाटो अवरोध गर्दा बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको केही योजनाहरु प्रभावित भएको विषय संगै चालु आर्थिक वर्षमा सहमती अनुसार काम गर्ने छलफल भएको छ ।
विकासका कार्यका सामान होस या अन्य आधारभुत आवश्यकताका सामान बागलुङको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयात तथा निर्यात गर्न नसके पछि यस क्षेत्रको विकास निर्माणको कार्य प्रभावित हुने गरेको छ ।
चन्द्रकोटको शान्तीपुर क्षेत्रमा विस्तारित मोटरबाटोले छोटो सूचनाको आधारमा शुक्रबार देखि बाटो बन्द गर्दा पूर्वाधार विकास निर्माण सामाग्री आयातमा समस्या भएको निर्माण व्यावसायीहरुले बताएका छन् । गत वर्ष पनि यस क्षेत्रमा विस्तारित मोटर बाटोको कारण बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा विस्तारित कालो पत्रे मोटरबाटो प्रभावित भएको थियो ।
विकासको कार्य विस्तार गर्दा एकहोरो बाटो निर्माण कम्पनीहरुले देशभरि नै खुल्ला गरेका हुन्छन भने शान्तीपुर क्षेत्रमा बाटो बन्द नै गरि काम गर्ने गरेको पाईएको छ । छिमेकी पालिकाहरुसंग सहकार्य गर्दै योजनाका कामहरु विस्तार गर्नु पर्ने, सहज वातावरणमा आवतजावतको बाटो खुल्ला गरिदिनु पर्ने विकास निर्माण कम्पनी र पालिकाको दायित्व रहेको बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताएका छन् ।
शुक्रबार भएको दुवै गाउँपालिकाको सहमती अनुसार विकास निमार्णको कार्य अगाडी बढ्न बढाउन निमार्ण कम्पनी लाग्नु पर्ने देखिन्छ भने चन्द्रकोट गाउँपालिकाले सहजिकरण गर्दै एक तर्फि बाटो खुल्ला गराउन निर्माण कम्पनीसंग सहमती गरि विकास निर्माणलाई निरन्तरता दिनु पर्ने देखिएको छ ।
शुक्रबार भएको छलफल पछि वैकल्पिक बाटो खुलाउनको लागी सर्वेक्षणमा शनिबार चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सरोज भुसाल लगायत वडा नं. २ वडा अध्यक्ष कमल के.शी.गाउँपालिका ईन्जिनियरको समुहले स्थलगत सहजिकरण गरि बाटोको निकास खुलाउन पहल गर्ने चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सरोज भुसालले जानकारी गराएका छन् ।