
नारायण जिसि
झिमरुक गाउँपालिका स्तरीय १५ शैयाकाे अस्पताल ,झिमरुक -५ढाँडा प्युठानमा निर्माणाधीन अवस्थामा छ।
कुल ३२ कराेडकाे डि.पि.आर.भएको अस्पतालको हाल २३ कराेड ४ लाखमा नव सिर्जनशील /एस जे.भी.ले जिम्मा पाएकाे छ।१८ कराेड संघबाट प्राप्त हुनेछ भने बाँकी रकम झिमरुक गाउँपालिकाले लगानी गर्नेछ ।
निर्माणकार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नकाे लागि झिमरुक गाउँपालिकाबाट प्राविधिक अनुगमन गरिएको र साप्ताहिक प्रतिवेदन पालिका समक्ष बुझाउने गरेकाे झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले बताउनु भयाे।
झिमरुक ५ढाँडा फाँटका खेत माेहीबाट नाै राेपनी जग्गा जग्गाधनीले निशुल्क दान गरेकाे र अस्पताल निर्माण पछि झिमरुक गाउँपालिका, गाैमुखी गाउँपालिका ,गुल्मी जिल्ला र अर्घाखाँची जिल्लाका सेवाग्राहीहरु लाभान्वित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा झिमरुक गाउँपालिका ५ नं वडाका वडाध्यक्ष दधिराम पाेख्रेलले बताउनु भयाे।