सोमवार, भदौ २३, २०८२

फासिवादी एवम साम्राज्यवादी बिरोधि मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेविनार (फेब्रुअरी-४मा) सम्पन्न

फासिवादी एवम साम्राज्यवादी बिरोधि मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेविनार हिजो राती (फेब्रुअरी-४मा) सम्पन्न भएको छ । गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो वैठकले उक्त वेविनारको निर्णय गरेको थियो ।

फ्रन्टका को-प्रेसिडेन्सी मोनिका गर्ट्नरले कार्यक्रमको संयोजन गर्नुभएको थियो । सुरुवाती धारणा राख्दै गार्टनरले युनाइटेड फ्रन्टको स्थापनाले विश्व समुदायका क्रान्तिकारीहरुमा नयाँ संचारको महसुस भएको वताउनुभयो । उहाँले साम्राज्यवादीहरुले युक्रेन रसिया युद्द र इजरायल प्यालेस्टाइन युद्द थोपरेको भन्दै ती युद्दहरुको भण्डाफोर गर्नुभएको थियो ।

पाँच महादेशका ९९ जना सहभागी कार्यक्रममा युक्रेनका प्रतिनिधि मरियाले साम्राज्यवादी मुलुक रसियाको रक्त पिपासु पुटिन र युक्रेनको जेलेनेस्कीले युद्द अपराध गरेको वताउनुभयो । उहाँले युक्रेनको स्थिति निकै भयावह रहेको, महिला र वालवालिकाहरु किनै कठिन स्थितिमा रहेको, गरिबी र कुपोषण बढेको कुरा वताउनुभयो । उहाँले भन्नुभयो ” हामीले पश्चिमा साम्राज्यवादीहरुको आतंकका विरुद्ध संघर्ष गरिरहेका छौं । युनाइटेड फ्रन्टको भुमिकाले हामीलाई धेरै सहयोग गरिरहेको छ।”

प्यालेस्टाइनका प्रतिनिधि मारियानले गाजा क्षेत्रको नरसंहारको स्थितिको बारेमा रिपोर्टिङ गर्नुभएको थियो । उहाँले भन्नुभयो “गाजा अत्यन्त त्रासमा बाँचिरहेको छ । हरेक व्याक्तिहरुलाई इजरायलले तार्गेट गरेको छ। स्कुल र हस्पिटलमा आक्रमणहरु भएका छन् । त्यस्तो कुनै ठाउँ छैन जहाँ इजरायलले आक्रमण नगरेको होस् । यहाँ खाना छैन, बत्ती छैन, पानी छैन । हामी स्वतन्त्र प्यालेस्टाइन चाहान्छौं, प्यालेस्टाइन हाम्रो हो । अमेरिका तँ को होस् ? हामीलाई हाम्रो आत्मसम्मान चाहिएको छ। अमेरिकाले हामीलाई मानव अधिकार सिकाउनुपर्दैन । साम्राज्यवादी र फासिवादीहरु विरुद्ध हामी संगै उभिनुपर्ने भएको छ।”

कार्यक्रममा रुस, इटाली, कङ्गो, सुडान, र जर्मनीमा किसानहरूको सङ्घर्षका बारेमा, इरानको जेलबाट पठाइएको पत्र, साथै दुबईमा वातावरण सम्वन्धी सिओपी२८ कार्यक्रम र कोलम्बियामा आयोजना भएको काउन्टर शिखर सम्मेलनका प्रतिनिधिमण्डलहरूबाट रिपोर्टहरू प्रस्तुत भएका थिए ।

युनाइटेड फ्रन्टका युथ को-प्रेसिडेन्सि नेपालका प्रतिनिधि सुवाश जि.सि.ले आइकोर वातावरण दिवस, लेलिनको स्मृति दिवस र आगामी मे ८ मा सम्पन्न हुने महिला दिवसको बारेमा रिपोर्टिङ गर्नुभएको थियो । उहाँले स्वतन्त्र प्यालेस्टाइनको समर्थन गर्दै, अमेरिकी साम्राज्यवाद र इजरायलि फासिवादको विरुद्धमा साझा विश्वमन्चका रुपमा युनाइटेड फ्रन्टको भूमिका महत्त्वपूर्ण रहेको वताउनुभयो ।

युनाइटेड फ्रन्टको सचिवालयले वेविनारमा गत नोभेम्बरमा सुवास जि.सि.ले मनाङको थोरङलापास (५,४१६ मि. उचाई)मा युनाइटेड फ्रन्टको ब्यानर प्रदर्सन गरेको फोटो समेत प्रस्तुत गरेको थियो । वेविनार एकैपटक अङ्ग्रेजी, जर्मन, फ्रेन्च, रसियन, स्प्यानिस र अरेविक गरि ६ भाषामा संचालन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?