
माघ २३, प्युठान ।
बिमला पौडेल
मल्लरानी गाउँपालिका प्युठानले यस आब २०८०/०८१ मल्लरानी गाउँपालिका वाडा न ५ खैरामा कार्यक्रम संचालन गर्ने भएको छ।
वाड कार्यालयको सभाहलमा एक दिने गरिबी निबारणका लागी लघु उधमी कार्यक्रमको जानकारी गराउने उदेश्यले अभिमुखीकरण गरिएको वाड अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ।
अभिमुखिकरण कार्यक्रमबाट बस्ती छनोट गर्ने, लक्ष्यित बर्गका १८ वर्ष पूरा भाइ ४० वर्ष ननाघेको ३० जना ब्यक्तिलाई छ्नोट गरि काम अगाडि बढाउने लगु उधम बिकास सहजकर्ता फुलमाया बिकले बताउनु भएको छ।
स्थानीय कच्चापदार्थ को प्रयोग गरेर कार्य गर्न सकिने व्यावसायि छनोट गरि कसरी गर्ने, योजना निर्माण गर्ने र सीप बिकास लालिम पर्दान गर्ने कार्यक्रममा सहजकर्ता फुलमाया बिकले बताउनु भएको छ।
तालिम पश्यात उधम बिकासमा प्रबर्द्धनका लागि प्राविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।