आइतवार, भदौ २२, २०८२

मसाल निकट युवक संघको बागलुङमा पांच दिने मोटरसाईकल मार्च सुरु

दिपेन्द्र परियार
२५ माघ २०८०। अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी मोटरसाईकल मार्च सुरुगरेको छ ।
माघ २४गते बुधबार बरेङ बजारमा अ.ने.युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डे ले संघको झण्डा जिल्ला अध्यक्ष बिरेन्द्र थापालाई हस्तान्तरण गरेर मार्चको उद्धघाटन गर्नुभयो । उद्धाघन पछि बोल्दै प्रमुख अतिथि पाण्डेले देशमा ब्याप्त महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी युवाहरुको महत्वपुर्ण भुमिका हुने भन्दै मोटरसाईकल मार्चमार्फत सबै युवा हरुएक जुट हुन आब्हान गर्नुभयो ।

उद्धघाटन पछि अघि बढेको मार्च बरेङको हुग्दिसिर हुदै बरेङको वडा न ३ नयाँ बजारमा पुगेर कोण सभा गरेको छ । सभालाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य प्रगति बुढाले सम्बोधन गर्नुभयो ।मार्च टोली बरेङको धुल्लुवास्कोट लिउवा हुदै जैमिनि नगरपालिका वडा न ९ पैयुथन्थाप पुगेको थियो ।पैयुमा भएको कोणसभालाई अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य बरुण धोज मल्लले  सम्बोधन गर्नुभएको थियो । पैयु थन्थाप देखी राङखानी हुदै जैमिनि ४ सर्कुवा पुगेको थियो । सकुर्वामा भएको कोण सभालाई अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कमल पौडेलले सम्बोधन गर्नुभएको थियो ।
सकुर्वा देखि मार्च टोली जैमिनीको बिनामारे पुगेर बास बसेको छ । बिहिबार टोली बागलुङ नगरपालिका का बिभिन्न ठाँउ हुदै काठेखोला गाँउपालिका पुग्ने अखिल नेपाल युवक सँघ बाग्लुङका अध्यक्ष बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?