सोमवार, भदौ २३, २०८२

वार्षिकोत्सवको पुर्व सन्ध्यामा पुरस्कार वितरण

बुटवल ः ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले वार्षिकोत्सवको अवसर पारेर साता व्यापी खेलकुद कार्यक्रम संचालन गरेको थियो । उक्त साता व्यापी कार्यक्रममा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थिहरुलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिको हो ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष भिम रानाले तिनाउ पश्चिममा रहेर स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै जिवन उपयोगि शिक्षा दिदै अगाढी बढ्नु पर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले स्कुल निकै मेहनत गरेर यहाँ सम्म आएको बताउदै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट गुणस्तरीय शिक्षा दिदै अगाढी बढ्नु पर्ने बताए ।
तिनाउ पश्चिममा निकै मेहनत गरेर स्कुल स्थापना गरिएको बताउदै स्कुलले गरेको प्रगति प्रशंसा योग्य रहेको उनले बताए । स्कुलका प्राचार्य तोयाराम पौडेलले स्कुल यहाँ सम्म आउदा धेरैको साथ सहयोग रहेको बताए । आगामी दिनहरुमा पनि स्कुललाई अझ प्रभावकारी ढंगले सबैको पहुचमा पुग्ने गरी अगाढी बढ्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको विद्यालयका सहायक प्राचार्य हिमलाल न्यौपानेको स्वागत र विद्यालयका ईसिए प्रमुख हरी भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?