मङ्लबार, भदौ २४, २०८२

मासालका युवाहरूले भ्रष्टाचारिलाइ कारबाही अभियान चलाय बागलुङमा भब्य स्वागत

दिपेन्द्र परियार २६माघ २०८०।
बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले सञ्चालन गरेको मोटरसाईकल मार्च दोस्रो दिन काठेखोलाको तङग्राम पुगेको छ ।
अखिल नेपाल युवक संघ बागलुङले आफ्नो ४३ औ स्थापना दिवसको अवसरमा देशमा बिद्यमान बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी आम नागरिकलाई सचेत बनाउने उद्धेश्य सहित बागलुङका सबै पालिकामा मार्चपास सञ्चालन गरिएको हो ।
बिहीवार जैमिनी नगरपालिकाको विनामारे बाट हिडेको टोलीले कुस्मीसेरामा कोण सभा गरेको थियो । कुस्मिसेराको कोण सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरिस्वर पाण्डेले सम्बोधन गर्नुभएको थियो।
कुस्मीसेरा बाट बागलुङ तर्फ प्रस्थान गरेको टोलीले बलेवाको नारायणस्थानमा कोण सभा गरेको छ । सभालाई अखिल नेपाल युवक संघका केन्द्रिय समिति उपाध्यक्ष लक्षमण पुनले सम्बोधन गर्नुभयो ।
नारायणथान बाट हिडेको टोलीले बागलुङ बजारमा परिक्रमा प्रश्चात लोकतान्त्रीक चोकमा कोण सभा सम्पन्न गरेको छ। सभालाई राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला समितिका अध्यक्ष तिलक थापा तथा अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नुभयो ।
बाग्लुङ बजार देखि काठेखोला तर्फ प्रस्थान गरेको टोलीले मध्यपहाडी लोक मार्गमा रहेको अक्षेते बजारमा कोण सभा सम्पन्न गरेको छ । सभालाई अखिल नेपाल युवक संघका माहासचिव भिमसेन वनले सम्बोधन गर्नुभयो ।
मध्यपहाडी लोकमार्ग हुदै टोली काठेखोलाको धम्जा पुगेर कोण सभा सम्पन्न गरेको छ । धम्जाको सभालाई अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार प्रगति बुढाले सम्बोधन गर्नुभएको थियो ।
धम्जा बाट हिडेको टोलीले तङग्राममा कोण सभा सम्पन्न गरेको छ ।सभालाई राजमो बागलुङ जिल्ला समिति सचिव भिमलाल पोखरेलले सम्बोधन गर्नुभयो । बिहिवार साझ मार्चमा सहभागी युवा हरुलाई राजमो नेता हरुले प्रशिक्षण समेत दिएका थिए । टोली बिहिवार तङग्राममा वास बसेको छ ।
शुक्रबाट टोली गल्कोट, र ताराखोला प्रस्थान गर्ने अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष बिरेन्द्र थापाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?