
प्रकाश छन्त्याल बागलुङ
अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा आयोजित अखिल नेपाल युवक संघ बागलुङको ५ दिने जिल्लाव्यापी मोटरसाईकल रेयालीको चाथो दिन शनिबार ढोरपाटन नगरपालिका वडा नं. ६ को गाडीखोलामा पुगेको छ ।
शनिबार बिहान चौथो दिन रेयाली बडिगाड गाउँपालिकाको रिघा, खर्वाङ बजार, ग्वालीचौर, भिमगिठे, बोङ्गा दोभान, हुन्द्रा फेदी र बोबाङमा रेयाली गरि गाडी खोला पुगेको हो ।
रेयालीको कोण सभालाई राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य बरुणध्वज मल्ल, अखिल नेपाल युवक संघ केन्द्रिय महासचिव भिमसेन वन, राजमो बागलुङका जिल्ला सचिव भिमलाल पोख्रेलले सम्बोधन गरेका थिए ।
भोलि २८ गते आईतबार निसीखोलाका अधिकारीचौर, देविस्थान, जुग्जाखोला, झिवाखोला र निसीगाउँ हुँदै भल्कोटमा कार्यक्रम समापन हुने अखिल नेपाल युवक संघ बागलुङका जिल्ला अध्यक्ष भगिन्द्र थापाले ईपरी न्यूजलाई जानकारी दिएका छन् ।
२४ गते बरेङगाउँपालिको बरेङ बजारमा उदघाटन भएको अखिल नेपाल युवक संघ बागलुङको आयोजनामा भएको मोटरसाईकल रेयाली जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका हुँदै ढोरपाटन नगरपालिकाको गाडीखोला पुगेको हो ।