
राम प्रसाद पौडेल ,भारत हैदराबाद, 11/2/24, हैदराबाद,भारत, प्युठान नगरपालिका वडा न 3 साप्डाडा ,प्युठान निबासी तिलक नेपालीको 52 वर्षिय छोरा बिजय बहादुर( बुदे) बिगत तीन दशकदेखि हैदराबादको गगनपहाड भन्ने ठाउँमा रहेको एक लेमिनेसन सम्बन्धि कम्पनिमा काम गर्दै आइरहेका थिए।दिनान्क 9 फेब्रुअरी 2024 का दिन राती करिब 9 बजेको समयमा सोही कम्पनिमा काम गर्ने सेक्युरिटी गार्ड जो बिहार निबासी थिए,ले नशाको मातमा निज बिजयबहादुर माथी छुरा प्रहार गरि हत्या गरेको खबर मूल प्रवाहलाई प्राप्त हुनासाथ मूल प्रवाहका केन्द्रीय प्रतिनिधि के रतन सिंह ,क्षेत्रीय सहसचिब शंकर नेपाली सहित राजेश नेपाली को प्रतिनिधिमण्डलद्वारा घटनास्थल मा पुगि घटनाबारे आबस्यक जाचबुझ गरि छानबिन गरिएको थियो।छुरा प्रहार गर्नुको कारण भने अझै खुल्न सकेको छैन।दोषी लाई तुरुन्तै गिरफ्तार गरि कानुनी कार्यबाही अगाडि बढाउनको लागि मूल प्रवाह ले प्रशासनलाई दबाब दिदै उता कम्पनी प्रबन्धन सङ पनि मृतकका आश्रीतरुलाइ पनि उचित प्रकारको क्षतिपूर्ती का साथै शिक्षा दीक्षा को ब्यबस्था गर्नको लागि बार्ता गरि सहमती पश्चात् मृतकको दाहसंस्कार गरिएको छ।