
माघ २९, प्युठान
बिमला पौडेल
मल्लरानी गाउँपालिकाको ०८०/०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम ५ न. वाडा कार्यालय खैरा कुमिकोटमा आज सम्पन्न भएको छ।
मल्लरानी गाउँपालिकाको आयोजना तथा मल्लरानी मिडिया प्राली खलंगाको सहजीकरणमा सार्वजनिक सुनुवाइ भएको हो।
गाउँपालिकाले ०८०/०८१ मा हाल सम्म संचालन भएका योजना तथा सेवा प्रबाहको बारेमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कमान सिंह केसीले प्रस्तुत गर्नु भएको थियो।
नगरीक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतपत्रमा आएका गुनासा, प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, वाड अध्यक्षले दिनु भएको थियो।
सार्वजनिक सुनुवाइमा बिशेषगरि शिक्षा, स्वस्थ्य,कृषि, खानेपानीका सवालमा नगारिकले प्रश्न उठाएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिकाको समग्र बिकसलाई कर्मश प्राथमिकताको आधारमा गर्दै गइरहेको बताउनु भएको छ। उहाँले कृषिलाई व्यावसायिक तथा ब्यबस्थित गर्दै लैजाने योजना रहेको समेत बताउनु भएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका सदस्य गुणेन्द्र बस्नेतले जनताको आवस्यकता र मागको आधारमा सेवा प्रबाहमा ध्यान दिनपर्ने धारणा राख्नु भएको थियो।
सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार बिजय सिंह भारतीले गर्नु भएको थियो भने नगरीक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतपत्र संकलनको प्रतिबेदन मल्लरानी मिडिया प्रालीका अध्यक्ष सुजल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो।