सोमवार, भदौ २३, २०८२

लिजाको कार्यसम्पादनमा जिल्लाको नौबहिनी पहिलो झिमरुक दोस्रो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)को नतिजामा झिमरुक गाउपालिका प्युठानमा दोश्रो भएको छ भने नौबहिनी गाउपालिका प्रथम भएको छ । मन्त्रालयका अनुसार शासकीय प्रवन्धमा ९ अङ्क,संगठन तथा प्रशासनमा ८,वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११, वित्तिय एवं आर्थिक व्यस्थापन ११,सेवा प्रवाह १६,न्यायीक कार्यसम्पादन ७,भौतिक पूर्वाधार १३,सामाजिक समावेशीकरण १०,वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९,सहकार्य र समन्वयमा ६ अंक सहित जम्मा १ सय पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरिएको छ ।
सोही सुचकका आधारमा आ.व ०७९/८० मा गरिएको मूल्याङ्कनमा प्युठानमा सबै भन्दा धेरै ९१ अङ्क ल्याएर नौबहिनी गाँउपालिका उत्कृष्ट भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा झिमरुक गाउपलिका ८० अङ्क ल्याएर दोस्रो भएको छ ।
नतिजा अनुसार ७९ अंक ल्याएर सरुमारानी गाउपालिका जिल्लामा तेस्रो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?