
दाेसाँध प्राथमिक विद्यालय गाैमुखी गाउँपालिका वडा नं ७ हरिया खाेला नारिकाेटकाे ३६औ वार्षिकाेत्सव तथा शिक्षक अभिभावक दिवस आज सम्पन्न भएको छ।गाैमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाकाे प्रमुख आतिथ्यतामा,गाैमुखी गाउँपालिका ७नं वडाका वडा अध्यक्ष काेमल पुरी र निवर्तमान वडाध्यक्ष श्यामलाल पुरीकाे बिशेष आथित्यतामा भएको कार्यक्रममा अध्यक्षता शुकमाया वि.क.ले ,स्वागत भाषण शिक्षक पित्रीभक्त रिजालले र संचालन नारायण बहादुर जि.सी.ले गर्नु भएको थियाे।विद्यालयका प्र.अ.जुद्व बहादुर जि.सी.ले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रानाले ले विद्यालय गाैमुखी गाउँपालिकामै नमुना रहेकाे बताउनु भयाे ।विद्यालयकाे थप बिकासकाे लागि सकेसम्म आफू लागि पर्ने वताउनु भयाे।
कार्यक्रममा तितला पुरी, विष्णु गिरी,तारा पुरी,पदम खड्का, थमलाल गुरुङ्ग,श्यामलाल पुरी ,मान बहादुर जि.सी., हुकुम थापा,जुमान सिह जि.सी.,काेमल पुरी र महावीर रानाले शुभकामना मन्तव्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।
कार्यक्रममा शैशिक सत्र२०७९मा वार्षिक परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने छात्रा छात्रलाई पुरस्कार वितरण गरिएको थियाे।भने उत्कृष्ट शिक्षककाे रुपमा शिक्षका जवुना जि.सी.लाई पुरस्कृत गरिएकाे थियाे।अक्षयकोष दाताहरूले विभिन्न खाले दलित ,जनजाति ,जेहेन्दार ,गरीव,विपन्न ,अपांङ्ग र उत्कृष्ट हुने छात्रा,छात्रलाई अक्षयकोषबाट प्राप्त हुने व्याज वितरण गर्नु भएको थियाे।
यस विद्यालयमा छाेटाे समयमा खगुलाल गुरुङ्ग अक्षयकोष ,जगत पुरी अक्षयकोष ,रवि देउकला अक्षयकोष ,चेतमानहरि अक्षयकोष ,एन एस अक्षयकोष लिलु कुन्ता झगिकला अक्षयकोष ,गुरु पुतला अक्षयकोष आधा दर्जन भन्दा वढी अक्षयकोष स्थापना भएका छन।
यस पटक अक्षयकोषदाताहरु तितला पुरी सम्मान हुनु भएकाे छ।
कार्यक्रमकाे वीचवीचमा राेचक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियाे।
कार्यक्रममा झउमरुक ३ बेओरे निवासी नरेन्द्र प्रसाद पाेख्रेलले आफ्ना स्वर्गीय वुवा रुद्रप्रसाद शर्मा रआमा छमा कुमारी पाेख्रेलकाे संझनामा रु २०००० विस हजार काे रुद्र छमा अक्षयकोष स्थापना गर्नु भएको छ। जुन अक्षयकोषकाे व्याजबाट गरीव, जेहेन्दार र लगनशील विद्यार्थीलाई अक्षयकोष रकम वितरण गरिने ।