
प्यूठान, १ फागुन ।
अन्तराष्टिय कण्डम दिवसको अवसरमा प्यूठानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । प्यूठान माण्डवी गाउँपालिका–३,नयाँगाउँ चकचके चोकमा कण्डमको प्रर्दशनी, तथा कण्डम वितरण गरि दिवस मनाईएको हो ।
दिवसको अवसरमा कण्डमको उपोगीताका वारेमा जनचेतना सहित कण्डम वितरण गरिएको थियो । कण्डमको सही सदुपयोग र परिवार योजना संगै यौनजन्य रोगको संक्रमणवाट वच्न र बचाउँन प्रचार प्रसारमा सहयोग पुग्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको प्यूठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र विश्वकर्माले बताउनुभयो । कार्यक्रममा स्थानीय तथा विभिन्न स्थानवाट आवतजावत गर्ने यात्रुहरुलाई मध्यनजर गर्दै कण्डमको उपयोगीताका सम्वन्धमा जानकारी प्रदान गरिएको थियो ।
स्वास्थ्य कार्यालय प्यूठान, प्यूठान अस्पत्ताल, प्यूठान प्लस र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । प्यूठान प्लस र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानले विगत देखि एच.आई.भी. रोकथामका लागि संक्रमितको पहिचान,हेरचाह तथा अन्य सहयोगमा काम गर्दै आएका छन् । आप्रवासी र उनका दम्पत्तिलाई केन्द्रीत गर्दै व्यवहार परिवर्तन शिक्षा,एच.आई.भी परिक्षण तथा टिवि स्क्रिनिङ,यौन शिक्षा तथा कण्डम वितरण लगाएत कार्यलाई जोड दिदै प्यूठान र अर्घाखाँची जिल्लामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले काम गर्दै आएको एच.आई.भी. रोकथाम कार्यक्रमका अनुगमन तथा मूल्याकंन अधिकृत प्रज्वल पहाडीले बताउनुभयो ।