सोमवार, भदौ २३, २०८२

बागलुङ को बिहुमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ।

 

ने क पा मसाल बागलुङका पुर्व जिल्ला सदस्य तथा ने क पा मसाल एवम् राष्ट्रिय जनमाेर्चा काठेखाेलाका सल्लाहकार काठेखाेला गाउँपालिका वडा न ५ लाम्फुङ निवासी क. पृथ्वीराज कडेल (क.कासीराम) काे ७९ बर्षकाे उमेरमा २०८०/१०/२२ गते भएको दुखद निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मिति २०८० फागुन २ गते दशाैं दिन बिहु लामफुङ स्थित घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार अमर थापा र जिल्ला सदस्य लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुवर, बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य लक्ष्मी बास्काेटा, थानेश्वर सुवेदी, जिल्ला सदस्य टीका सँगम बिक, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, राजमाे काठेखाेलाका काेषाध्यक्ष बिष्णु कडेल लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?