सोमवार, भदौ २३, २०८२

जिल्ला सहकारी संघ प्युठानकाे आयाेजनमा १ दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नारायण  जिसि

प्युठान ,

जिल्ला सहकारी संघ प्युठानकाे आयाेजनामा सहकारीता सुशासन का लागि लेखापरीक्षक काे भूमिका विषयक १ दिने अन्तक्रिर्या कार्यक्रम विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सभाहल जुम्रीमा आज सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे अध्यक्षता जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पाेख्रेलले गर्नु भएको थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सहकारीका मूल्य ,मान्यता र सिद्धान्त विपरीत चलेका सहकारी कुनै पनि हालतमा सफल नहुने वताउनु भयाे।सहकारीमा कुनै समस्या आए पहिले संचालकलाई कार्वाही हुने हुँदा संचालक बढी जवाफदेही र उत्तरदायी हुनु पर्ने बताउनु भयाे। सहकारीकाे वित्तीय व्यवस्थापनमा लेखापरीक्षक र लेखा सुपरिवेक्षण समिति बढि पारदर्शी र व्यवस्थित बनाउन लागू पर्ने बताउनु भयाे।

कार्यक्रममा काेष तथा लेखा नियन्त्रण कार्यालय प्युठानका प्रमुख देवराज पाेख्रेल,पत्रकार महासंघ प्युठानका अध्यक्ष सुशील पाेख्रेल,लेखापरीक्षक एसाेसिसन प्युठानका अध्यक्ष विष्णु बस्नेत ,झिमरुक गाउँ पालिका सहकारी प्रमुख अरविन्द महत,सहकारी अभियानता लाेक बहादुर बस्नेत,मुक्ति पाेख्रेलले विचार राख्नु भएको थियोे ।

 

कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका सहकारी हेर्ने प्रमुखहरु,लेखापरीक्षकहरु , विभिन्न सहकारी संघका संचालक र प्रारम्भिक सहकारी संघका संचालक र व्यवस्थापककाे उपस्थिति रहेकाे थियाे।

 

कार्यक्रमकाे संचालन छन्द बहादुर बस्नेतले र टिप्पणी पत्रकार प्रकास वैधले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?