यमबहादुरको साथबाट लोड रहेको बेरेटा ९एमएम पेस्तोल नाल १, त्यसैको म्यागेजिन थान १ र गोली राउन्ड ७ समेत नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतको पञ्चापुरी- ९ विद्यापुर घर भई दाङको घोराहीमा कार्यरत प्रहरी जवान धनमाया वर्ष २६ की थिइन् । उनको हत्या गर्ने प्युठानको नौबहीनी- ४ खवाङ घर भएका धनमायाका श्रीमान् प्रहरी सहायक हवलदार यामबहादुर भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत थिए ।
उनले भे १२५ ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आई गोली प्रहार गरी घाइते बनाएकोमा तत्काल उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पुर्याइ उपचार गर्दागर्दै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।