
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।