सोमवार, भदौ २३, २०८२

गौमुखीमा दादुरा रुबेला खोप अभियान चल्दै

फाल्गुन १०, प्युठान
जुमान सिंह केसी।
गौमुखी गाउँपालिकाले आगामी फल्गुन १३ गते देखि १७ गते सम्म पाँच दिन सम्म दादुरा- रुबेला खोप अभियान संचालन गर्ने भएको छ।

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत अभियान संचालन गर्न लागिएको हो।
बिहिवार गाउँपालिकामा सरोकारवाला निकायबिच गाउँपालिका स्तरीय खोप समन्वय समिति बिचमा अभियानको जानकारी गराइएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन र ९ महिना देखि ५ वर्ष भित्रका बालबालिकालाई खोप अभियानमा सहभागी गराउन सबैले सहयोग गर्न सरोकारवाला सबिमा आग्रह गरिएको छ।

दादुरा- रुबेला सरुवा रोग भएकोले कुनैपनी बालबालिकालाई छुटाउन नहुने स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनु भयो।
गौमुखी गाउँपालिकाका सबै वाडाहरुमा अभिमुखीकरण तथा घरघरमा निमन्त्रणापत्र वितरण लगाएतका अभियान संचालन भैरहेको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले बताउनु भयो।

एक जना दादुरा- रुबेला लागेको ब्यक्तिबाट १८ जना ब्यक्तिलाई सर्न सक्ने भएकोले यो रोगबाट बच्न र बचाउन पनि खोप अनिवार्य रहेको स्वास्थ्य शाखाका जनस्वस्थ्य निरीक्षक केशव केसीले बताउनु भयो।

दादुरा – रुबेला खोप कार्यक्रम प्युठान जिल्ला लगाएत देशका ५१ वटा जिल्लामा संचालन हुँदै छ।प्युठान जिल्लामा सबै स्थानीय तहमा यही फल्गुण १३ गते देखि १७ गते सम्म संचालन हुँदै छ।
गाउँपालिकामा बिहिवार अभिमुखीकरण कार्यक्रम मा जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिलाई अभियानको बारेमा जानकारी गराइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?