सोमवार, भदौ २३, २०८२

“स्वाभिमान बोकेको मान्छे”

खिमराज चालीसे
चंडिगढ

जागिर नपाएर देश मै दुःख भोगेको मान्छे हु ।
तर पनि दासता बिरुद्ध लडिरहने मान्छे हु ।।

ठुला मान्छेको पाउ पर्ने सँस्कार बिरोधी मान्छे हु ।
लम्पसार वादी सोच विरुद्ध उभिने मान्छे हु ।।

योग्यता अपमान भईरहने देशको मान्छे हु ।
झोले र चाप्लुस भरिएको देशको मान्छे हु ।।

एसएलसी प्रथम भै प्रदेश पसेको मान्छे हु ।
सिफारिस नभाको हेपिएको पिल्सिएको मान्छे हु ।।

योग्यता रद्धिमा फाल्दिने ध्रुत व्यवस्थाको मान्छे हु।
पाउ पर्नेला राम्रै ठाउ पुराउने देशको मान्छे हु ।।

कतै सिफारिस न गर्ने स्वाभिमान बोक्ने मान्छे हु ।
आफनै क्षमतामा विश्वास गर्ने स्वाभिमानी मान्छे हु ।।

स्वाभिमान बचाउदै म प्रदेश पसेको मान्छे हु ।
चौतर्फी त्यो अपहेलना सहदै आएको मान्छे हु।।

चाप्लुस, चाकडी गर्न कहिल्लै नजानेको मान्छे हु।
त्यसैले जागिर नपाएर प्रदेश पसेको मान्छे हु ।।

योग्यता हुदाहुदै देशमा श्रम नपाएको मान्छे हु ।
आसेपासे हुर्काउने कुसंस्कारमा जन्मेको मान्छे हु ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?