शनिबार, साउन १२, २०८१

भिङ्ग्रीकोटमा ट्याक्टर पल्टिदा सहचालकको मृत्यु

झइन्द्र भण्डारी
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक अमर बहादुर बुढाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार बिहान करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका ५ मजबाङ रोल्पाका अन्दाजी ४० वर्षीय बुढाको मृत्यु भएको हो ।
भिङ्ग्री स्वर्गद्वारी सडक निर्माणको लागि आवश्यक पर्ने ढुङ्गा सङ्कलनको लागि गएको ट्याक्टर भिङ्ग्रीकोट गाउँमा जाने भित्री कच्ची सडक अन्तर्गत पर्ने आपचौर तल्लो टोलामा ट्याक्टर दुर्घटना भएको हो ।
ढुङ्गा लिएर आउदै गर्दा गेरगरे बाटोमा ट्याक्टर लर्किएर अनियन्त्रित भइ ट्याक्टर पल्टिएको र लोड गरेको ढुङ्गाले च्यापेर सहचालकको मृत्यु भएको ट्याक्टर चालक बुधे कामीले बताएका छन । मृतक अमर बहादुर बुढाको पार्थिव शरीर अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ । प्रा स्वा केका अनुसार अस्पताल आउदा बुढाको मृत्यु भइसकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal