
शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही ,
देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट प्रा .लि.भलुही देवदह ९ स्थित रुपन्देहीले आज बुटवलको कान्ति मा .वि .मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ।
देवदह मेडिकल जाऔं स्वास्थ्य परिक्षण गाराऔं भन्ने मुल उदेश्यका साथ ग्रामीण इलाका देखि सहरका विभिन्न स्थानहरुमा देवदह मेडिकल कलेजले बिपन्न बर्ग र आम सर्वसाधारण नागरिकहरुको स्वास्थलाई ध्यानमा राखी शिबिर नै चलायर निशुल्क स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ।
आज रुपन्देही जिल्लामा पर्ने बुटवलको कान्ति माविमा स्वास्थ शिबिरको आयोजना गरियको थियो।
देबदह मेडिकल कलेजले आयोजना गरेको स्वास्थ शिबिरमा ,सगरमाथा लुम्बिनी इन्स्योरेन्स ,कान्ति मावी,बुटवल उधोग वाणिज्य संघ,नेपाल अर्बुद रोग निवारण संस्था बुटवल उपमहानगरपालिका वडा नं ४ ले सहयोग गरेका थिय।
आजको निशुक्ल स्वास्थ शिबिरमा एक हजार जनाको विभिन्न रोगहरुको जाँच गरियको देवदह मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत खडक जिरेलले जानकारी दिनुभयो।
जनरल मेडिशन सम्बन्धि ,मुटु सम्बन्धि ,नाक कान घाँटी सम्बन्धि ,जनरल सर्जरी सेवा, छाला कपाल तथा यौन रोग सम्बन्धि ,हाडजोर्नी तथा नशा सम्बन्धि ,फिजियोथेरापी सेवा,दन्त रोग ,आँखा जाँच , महिलाको पाठेघरको जाँच, सम्बन्धि ,बालरोग ,प्रस्तुति सेवा लगायत अन्य रोगहरुको जाँच गरिएको र धेरै रोग लागेकाहरुलाइ देवदह मेडिकल कलेजमा पुन बोलाइएको खडक जिरेलले जानकारी दिनुभयो।
देबदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट प्रा. लि रुपन्देही भलुही देवदह ९ द्वारा बुटवलको कान्ति माबिमा बृहत निशुल्क स्वास्थ शिविरको बुटवल उपमहानगर पालिका मेयर खेलराज पाण्डेले उद्घाटन गर्नुभएको थियोे ।
देबदह मेडिकल कलेजले आयोजना गरेको स्वास्थ शिबिर गरिब र निमुखा बर्गहरुलाइ लक्षित गरेर आयोजना गरिएको आयोजकले बतायकाछन।
मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेल ,देब दह मेडिकल कलेजका प्रमुख प्रसासकिय अधिकृत खडक बहादुर जिरेलले आफुहरुले बिपिन्न बर्ग लाई निशुल्क सेवा दिने उदेश्यले विभिन्न ठाउहरुमा निशुक्ल स्वास्थ सिबिर आयोजना गर्ने गरेको बताउनुभयो।
स्वास्थ सिबिर बुटवलको कान्ति माबिमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रमको स्वागत भासण कान्ति माबिका प्र अ गोबिन्द ज्ञावलिले गर्नुभएको थियो भने संचालन कार्यक्रम संयोजक हिरालाल धामिले गर्नुभएको थियो।