शनिबार, साउन १२, २०८१

प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल

बुटवल, चैत्र २२ ।
प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट श्यामलाल पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम उपाध्यक्षमा जेवी क्षेत्री र द्वितिय उपाध्यक्षमा भरत केसी निर्वाचित हुनुभएको छ । मञ्चको सचिवमा प्रदीप जीसी, सहसचिव डिवी खत्री ९प्रदीप० र कोषाध्यक्षमा कृष्णबहादुर जीसी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले जानकारी गराउनु भयो । मञ्चको सदस्यहरुमा हेमन्ता रोकाया, बिनोद गिरी, भरतमणी न्यौपाने, दीपक योगी, रामजी पोखरेल, अमर थापा, विष्णु खनाल, शरदचन्द्र सिंह रोकाय, उमा जीसी र घनश्याम सुवेदी रहनु भएको छ । पदमबहादुर जीसीको अध्यक्षता, उपाध्यक्ष बाबुराम महतको स्वागत र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभा तथा अधिवेशनले नयां नेतृत्व चयन गरेको हो । सोही कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गितु गिरीले सामाजिक संघसंस्थ्ँँहरु समाजप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संघसस्थहरुलाई दलीय राजनीतिबाट अलग राख्नु पर्ने बताउंदै सामाजिक हितमा ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्यूठान रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेल, बरिष्ठ साहित्यकार तथा लेखक जंगबहादुर शाहा, मञ्चका संस्थापक सदस्य बुद्विमान थापा, लोकबहादुर बस्नेत लगायतले बोल्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा मञ्चद्वारा प्रकाशित डाइरेक्ट्ररी प्रमुख अतिथि प्राध्यापक डाक्टर गितु गिरीबाट विमोचन गरिएको छ । मञ्चको प्रगतिप्रतिवेदन सचिव श्यामलाल पोखरेल, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रदीप जीसीले प्रस्तुत गर्नुभएको थियो । विधान संशोधन समितिका संयोजक डिवी खत्रीले पेश गर्नुभएको विधान विधान संशोधन गरिएको छ । २०५९ सालमा स्थापना भएको सम्पर्कमा मञ्चमा हाल करिव ४ सय जना साधारण सदस्य, १ सय २१ जना आजीवन सदस्य संख्या रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal