आइतवार, असार ७, २०८३

स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह गर्न आग्रह गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको वार्षिक स्विकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय प्यूठानले गरेको स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम अन्तरगत यस्तो आग्रह गरिएको हो । ‘विरामी भएर ओछ्यानमा नलड्दासम्म नियमित स्वास्थ्य जाँच गर्ने प्रचलन छैन ।’ ,कार्यालयका कोल्डचेन अधिकृत कौशल वैद्यले भन्नुभयो, ‘सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले प्रकाशन प्रशारण गर्ने सामाग्रीहरु स्वास्थ्य सचेतना सम्वन्धी हुन आवश्यक छ ।’

पछिल्लो समय नसर्ने रोगका विरामीहरुको संख्या बढ्दै गएकाले दैनिक आनिवानीमा सबैले सुधार गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?