शनिबार, बैशाख ८, २०८१

भारतमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो । उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?