
जुमान सिंह केसी
प्युठान २२, प्युठान
प्युठानको गौमुखी गाउँपालिका वाडा न. ४ पुजाका १९ जना विद्यार्थीलाई नगद सहित सम्मान तथा उत्कृष्टता पुरस्कार वितरण गरिएको छ । पुजाका विभिन्न बिधालयका विद्यार्थीलाई सम्मान स्वरुप पुरुस्कार प्रदान गरिएको डा. गौतम न्यौपानेले जनाकारी दिनु भयो उहाँले दुर्गम र आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीलाई सहयोग र सम्मान गरिएको बताउनु भयो”।
प्रोफेसर साइमन ब्रुक्स र प:ल डेभिस उत्कृष्टता पुरस्कार वितरण गरिएको हो।
सोमबार महेन्द्र माध्यमिक विद्यालय पुजामा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा पुरुस्कार वितरण गरिएको हो।
प्रोफेसर प:ल डेभिस् उत्कृष्टता पुरस्कार २०८० बाट महेन्द्र माध्यमिक विद्यालयबाट कृष्ण केसी, अनिसा टमटा, बेगम गिरी ,जनजीवन आधारभुत विद्यालयबाट राजन सुनार, संगिता सुनार, जनप्रिय प्राथमिक विद्यालयबाट निर्मल भण्डारी, सुजता बिक र ने.रा. प्राथमिक विद्यालयबाट विजय सुनार, सुस्मिता सुनार गरि ९ जना विद्यार्थीलाई प्रति ब्यक्ति पाँच हजार नगद र सम्मानपत्र प्रदान गरिएको हो ।
प्रोफेसर साइमन ब्रुक्स उत्कृष्टता पुरस्कार २०८० तर्फ १० जना पुरस्कृत भएका छ्न। जसमा बालजीवन सुधार आधारभुत विद्यालयका विरेन्द्र बोहोरा, नारायणी गिरी, जनज्योति आधारभुत विद्यालयबाट केशरा जैशी, मोहन केसी, बालज्योती प्राथमिक विद्यालयबाट सरिता सुनार, विपिन सुनार , शिशुकल्याण प्राथमिक विद्यालयबाट एन्जिला पुन, रेजिना सुनार, शिशुकल्याण प्राथमिक विद्यालयबाट सिमरन रोका, प्रेम गिरी रहेका छ्न।
उनीहरुलाई पाँच हजार नगद र सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको तामाखानी युवा क्लबका अध्यक्ष कविराज सुनारले बताउनु भयो।
कार्यक्रममा गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर राना,प्युठान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने, गौमुखी गाउँपालिकाका कार्यपालिका सदस्य बोम बहादुर सुनार, युनेसिन सर्वोच्च परिषद सदस्य अग्निधर चन्द लगाएतको उपस्थितिमा पुरुस्कार वितरण गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा पछाडि पारिएका बालबालिकाको शैक्षिक बिकासको लागि पुरुस्कार तथा सम्मानले हौसला पर्दान गरेको भन्दै सहयोग गर्ने निकायलाई प्रसंशा गरेका थिए ।
डा. गौतम न्यौपाने गौमुखी बिकास क्षत्र
प्रतिष्ठानद्वारा संयोजित बेलायति प्रोफेसरहरुले प्रायोजित गरेका हुन।
प्रतिष्ठानद्वारा गौमुखी,अग्लुङ्ग लगायतका विभिन्न क्षेत्रमा छात्रवृत्ति, वृक्षरोपण अशक्त, असाहाय हरुकालागी न्यानो कपडा वितरण लागायत विभिन्न कार्यक्रम गर्दै आएको छ
गौमुखी गाउँपालिका ठुलाबेसी निवासी हाल बेलायतमा बसोबास गर्दै आएका डा.गौतम न्यौपाने सामाजिक कार्यमा कृयाशिल रहदै आउनु भएको छ।
कार्यक्रमको स्थानीय संयोजन तामाखानी युवा कलब पुजाले गरेको हो।