आइतवार, भदौ २२, २०८२

कुरीति विरुद्ध सरोकारवाला निकायबिच अंतरक्रिया कार्यक्रम सम्पन्न

२२ फल्गुण, प्युठान ।
जुमान सिंह केसी

कुरीति विरुद्ध सरोकारवाला निकायहरु बिच अन्तरकृया कार्यक्रम खलंगामा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा कार्यक्रम गरिएको छ।

समाजमा कुरुती, कुसंस्कार, कुप्रथा अझै पनि रहेकोले यश सम्बन्धमा सरोकारवाला निकायका बिच कार्यक्रम संचालन गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।

कतिपय रिती रिबाज चालचलन हरु अनावश्यक रहेकोले समय अनुसार बदल्दै जान पर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भयो।उहाँले भन्नू भयो कुरिती कुसंस्कार अन्त्यका लागि सबैको महत्त्वपूर्ण भुमिका भएकोले सबैको चासो हुनु पर्ने बताउनु भयो।

जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले गाउँगाउँमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो । जिसीले भन्नू भयो सामाजिक अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउन पर्ने बताउनु भयो।

जिल्लामा बाल बिबाह, आत्महत्या, महिला हिंसा, बहुबिबाह, छुवाछुत अझै ब्याप्त रहेको बारेमा छलफल गरिएको थियो।

समाजमा रहेका कुरिती र कुसंस्कारलाई न्यूनीकरण तथा अन्त्य गर्नको लागि नागरिक समाज, स्थानीयतह तथा सबै सरोकारवाला संबेदनसिल भएर लाग्नु पर्नेमा सबैको जोड रहेको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले कुरिती र कुसंस्कारको बारेमा प्रस्तुति गर्नु भएको थियो।
जिल्ला समन्वय समिति प्युठानको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

ऐन, कानुन हरु बनेका छ्न , दिगो बिकासको लक्ष्य, आबधिक योजना, गैरसरकारी संघ सस्था, नागरिक समाज बाट विभिन्न कार्यहरु भएको भए पनि ब्यबहारिक रुपमा कार्यनयन हुन सकिरहेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?