
कपिलबस्तबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको टोली पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।
टोलीले १३ जनाको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको प्रहरीको भनाइ छ ।
विस्तृत विवरण केही बेरमा आउदै।