शनिबार, भदौ २१, २०८२

नया गठबन्धन सरकारका मन्त्रीहरूले शपथ ग्रहण गरे

नवनियुक्त मन्त्रीहरूले बुधवार साँझ शपथ ग्रहण गरेका छन् ।

उनीहरूले शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र रास्वपाका ४ जना गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।

null

सत्ता साझेदार प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)ले पाउने मन्त्रालयको टुंगो लागेकोपछि मन्त्रिपरिषद् विस्तार भएको हो ।

उप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ,  उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका हुन् ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले सम्हाल्नेका छन् ।

त्यस्तै पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

त्यस्तै शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

यस्तै डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छिन् ।

प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्यमा नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?